१६.०५ प्रतिशतले घट्यो वाणिज्य बैंकको खुद नाफा, २२ करोड घाटामा सिटिजन्स

अनलाइनसमय |
४ मंसिर २०८२
१६.०५ प्रतिशतले घट्यो वाणिज्य बैंकको खुद नाफा, २२ करोड घाटामा सिटिजन्स

काठमाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा १६ प्रतिशतभन्दा बढिले घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आव २०८१/८२ को असोज मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा १६ दशमलव ०५ प्रतिशत घटेकोे देखिन्छ । गत असोजसम्ममा बैंकहरूको खुद नाफा १३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा १६ अर्ब १८ करोड ४६ लाख रुपैयाँ आर्जन गरेका थिए ।

२२ करोड खुद घाटामा सिटिजन्स
आवको तीन महिनामा सिटिजन्स बैंकको खुद घाटा भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको असोजसम्मको तुलनामा चालू आवको सोही अवधिमा २२ करोड ४ लाख रुपैयाँले घाटामा रहेको देखिन्छ । यस बैंकले २०८१ को असोजसम्ममा १९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

कृषि विकास र नेपाल इन्भेष्टमेन्ट मेगाको सर्वाधिक घट्यो खुद नाफा
राष्ट्र बैंकको तथ्याङ्क हेर्दा गत आवको तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा ६ ओटा वाणिज्य बैंकको खुद नाफा बढेको छ भने १४ ओटामा ह्रास (कम नाफा) आएको छ ।

गत असोजसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा सर्वाधिक घटेको छ । बैंकले आवको तीन महिनामा ४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ९६ दशमलव ९२ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ९० लाख रुपैयाँले कम हो । गत आवको तीन महिनामा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

नेपाल इन्भेष्टमेन्ट मेगापछि धेरै खुद नाफा घट्नेमा कृषि विकास बैंक रहेको छ । अगत असोजसम्ममा यस बैंकको नाफा ९७ प्रतिशत अर्थात १८ करोड करोड ५१ लाख रुपैयाँ घटेको तथ्यांक छ । गत आवको असोसम्ममा १९ करोड ९ लाख खुद नाफा आर्जन गरेको यस बैंकले चालू आवको सोही अवधिमा ५७ लाख रुपैयाँमा सीमित रह्यो ।

यस्तै २०८१ को असोजसम्मको तुलनामा २०८२ को सोही अवधिमा प्रभु बैंक ४९ करोड २१ लाख, नविल २९ करोड ९६ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंक १७ करोड रुपैयाँले खुद नाफा घटेको देखिन्छ ।

नाफा धेरै कमाउनेमा ग्लोबल
आवको असोजसम्ममा धेरै खुद नाफा गर्नेमा ग्लोबल बैंक रहेको छ । बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । यद्यपि यो गत आवको यसै अवधिको तुलनामा २२ दशमलव ९१ प्रतिशत बढि हो । यस बैंकले २०८१ को असोजसम्ममा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यसपछि एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख, र राष्ट्रिय वाणिज्य बैंकले ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

कुन बैंकको खुद नाफा कति ? (रू. दश लाखमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस