काठमाडौं, ५ मंसिर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।