काठमाडौं, ५ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको शेयर सूचीकृत गरेको छ । आइतबारदेखि नियमित कारोबारमा प्रवेश हुने गरी नेप्सेले कम्पनीका १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापक समूहका १ करोड ३० लाख ५० हजार कित्ता शेयर सूचीकृत भई अब बजारमा कारोबार योग्य बनेका छन् ।
पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँ ५९ पैसा देखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ रेन्ज तोकेको छ । यो रेन्जभित्रै कम्पनीको पहिलो कारोबार हुनेछ। शेयर आइतबार स्पेशल प्रि–ओपन सेसनमा कारोबार प्रारम्भ भएपछि नियमित सेसनमा समेत किनबेच गर्न सकिनेछ ।