तोलामा २ हजार ९ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
७ मंसिर २०८२
तोलामा २ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ७ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पपनि तोलामा १३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस