२८.७४ प्रतिशतले बढ्यो बैंक तथा वित्त संस्थाको ‘लोन लस प्रोभिजन’

अनलाइनसमय |
७ मंसिर २०८२
२८.७४ प्रतिशतले बढ्यो बैंक तथा वित्त संस्थाको ‘लोन लस प्रोभिजन’

काठमाडौं, ७ मंसिर । चालू अर्थिक वर्ष (आव) २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने रकम बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा ३ खर्ब १२ अर्ब ५३ करोड रुपैयाँ छुट्याएका छन्, जुन जुन गत आवको सोही महिनासम्मको तुलनामा २८ दशमलव ७४ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाले यसका लागि २ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ छुट्याएका थिए । अर्थात एक वर्ष आवधिमै यस्तो रकम ६९ अर्ब ७७ करोड रुपैयाँले बढेको छ ।

असार मसान्तयता मात्रै लोन लोन लस प्रोभिजनका लागि छुट्इएको रकम ९ दशमलव ६५ प्रतिशतले बढेको छ । गत आवको असारसम्ममा बैंक तथा वित्तीय संस्थाले यसका लागि २ खर्ब ८५ अर्ब रुपैयाँ छुट्याएका थिए ।

राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिकसम्ममा लोन लस प्रोभिजनका लागि छुट्याइएको रकम सबैभन्दा धेरै वाणिज्य बैंकको रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरूले यसका लागि २ खर्ब ६९ अर्ब ९१ करोड छुट्याएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको अन्तिम महिनासम्ममा यस्तो रकम २ खर्ब ११ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

विकास बैंक वित्तीय संस्थाहरूको पनि यस्तो रकम बढेको छ । गत आवको कात्तिकसम्ममा विकास बैंकहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न २१ अर्ब ४६ करोड छुटेयाएकोमा यो रकम बढेर चालू आवको सोही अवधिमा ३१ अर्ब ८ करोड रुपैयाँ पुगेको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै वित्त कम्पनीले सो शीर्षकमा ११ अर्ब ५३ करोड रुपैयाँ छुट्याएका छन्, जुन गत आवको चार महिनासम्मको तुलनामा २० दशमलव २२ प्रतिशतले बढी हो । गत आवको अन्तिम महिना असारसम्ममा जेठसम्ममा वित्त कम्पनीहरूले यसका लागि ९ अर्ब ५९ करोड रुपैयाँ रकम छुट्याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस