काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले दुई वटा मनी चेञ्जरको इजाजत पत्र रद्द गरेको छ । राष्ट्र बैंकले लर्ड बुद्ध मनी एक्सचेञ्ज प्रा.लि. र स्तुपा मनी चेञ्जर प्रा.लि.को इजाजत पत्र खारेज गरेको हो ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै म्याद सकिएको तीन महिनाभित्र नवीकरण नगरेकाले रद्द गरेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंक, मनी चेञ्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उपविनियम (३)मा उल्लेखित व्यवास्थाअनुसार नवीकरण नहुँदा खारेज हुने व्यवस्था छ ।
