३९.९२ अङ्कले बढेको नेप्से २६०० को बिन्दुमा, ६.२८ अर्बको कारोबार

अनलाइनसमय |
७ मंसिर २०८२
३९.९२ अङ्कले बढेको नेप्से २६०० को बिन्दुमा, ६.२८ अर्बको कारोबार

काठमाडौं, ७ मंसिर । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६०० दशमलव २२ को बिन्दुमा बन्द भएको छ । यसअघि गत साताको अन्तिम दिन बिहीबार परिसूचक ४ दशमलव ९८ अङ्कले बढेर २५६१ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक किनबेच भएको छ ।

आइतबार ३३४ धितोपत्र कारोबारमा आए, जसमध्ये २३७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १८ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फण्ड समूहको ०.२७ प्रतिशतले घट्दा बाँकी सबै समूहको उपसूचक बढेको छ । यस दिन जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै २ दशमलव ५५ प्रतिशतले बढेको छ ।
त्यस्तै, लगानी समूहको २.३, निर्जीवन बीमाको २, विकास बैंकको १.८४, माइक्रोफाइनान्सको १.८३, फाइनान्सको १.६१, होटटल एण्ड टटुरिजमको १.५७, उत्पादनमुलक समूहको १.५६, बैंकिङ समूहको १.३६, हाइड्रोपपावरको १.३३ र अन्य समूहको उपसूचक १.२५ प्रतिशतले बढेको छ ।

आइतबार सागर सिस्टिलरी, बन्दीपुर केबुलकार र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वस्तिक लघुवित्तको ८.१९, छ्याङ्दी हाइड्रोपावरको ६.२९, जोशी हाइड्रोपावरको ५.९३, र समता घरेलु लघुवीत्तको ४.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज पिपुल्स हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.६५ प्रतिशतले घटेको छ । त्यस्तै, मोदी इनर्जीको ४.४९, सप्तकोशी विकास बैंकको ४.४७, सिन्धु विकास बैंकको ४.१८ र धौलागिरी लघुवित्तको ३.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस