काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन आइतबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ११५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।