काठमाडौं, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले जितका लागि साविक विजेता जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको रन बनायो ।
विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाए । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन जोडे । बलिङमा जनकपुरका सान्गीथ कोरी र रुपेश सिंहल २/२ वीकेट लिए भने आदित्य महताले १ विकेट लिए ।
आज विराटनगर लगातार तेस्रो जितको लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित निकालेको थियो । यस्तै जनकपुर पहिलो जित निकाल्ने खोजीमा छ । यसअघि जनकपुर उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो ।