काठमाडौं, ९ मंसिर । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन घटेको सुनको मूल्य आज तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।