६ गुणाले बढ्यो सुन आयात, ४ महिनामै भित्रियो करिब १६ अर्बको

अनलाइनसमय |
९ मंसिर २०८२
६ गुणाले बढ्यो सुन आयात, ४ महिनामै भित्रियो करिब १६ अर्बको

काठमाडौं, ९ मंसिर । चालू आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा करिब १६ अर्ब रुपैयाँको सुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत कात्तिकसम्ममा १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको ९ सय २ किलोग्राम (केजी) सुन भित्रिएको छ । यो परिमाणका आधारमा गत आवको यसै अवधिको तुलनामा करिब ६ गुणा धेरै हो । गत आवको पहिलो चार महिनामा १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ बराबरको १ सय ३३ केजी सुन भित्रिएको थियो ।

सरकारले गत कात्तिकसम्ममा सुन आयातबाट २८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गएको कारण नेपालमा पनि त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन् । शेयर बजारमा कम उत्साह, घरजग्गा कारोबारमा बढ्दो जोखिम, घट्दो बैंकको निक्षेप ब्याजदर र वैदेशिक मुद्राको उतारचढावबीच लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित हुँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस