काठमाडौं, ९ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १२२ धितोपत्रको शेयर मूल्य बढ्दा १२५ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार १३ समूहको उपसूचकमध्ये ९ को बढेको छ भने चार उपसूचक घटेको छ ।
यस्तै होटेल तथा पर्यटन १ दशमलव ४१, उत्पादन तथा प्रशोधन १ दशमलव ३, लगानी शून्य दशमलव २३, हाइड्रोपावर शून्य दशमलव १९, निर्जीवन बीमा शून्य दशमलव ६५, अन्य शून्य दशमलव ४९, माइक्रोफाइनान्स शून्य दशमलव ०४, बैंकिङ शून्य दशमलव २ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
यसैगरी व्यापार १ दशमलव ३३, म्युचुअल फण्ड शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव २४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा झापा इनर्जी, सागर डिस्टीलरी रहेका छन् । यस्तै श्रीनगर एग्रिटेक इन्ड्रस्टिज ९ दशमलव ९८, स्वस्तिक लघुवित्त ८ दशमलव २३ र बन्दिपुर केवलकार एण्ड टुरिजमको शेयर मूल्य ७ दशमलव २३ प्रतिशतले बढेको छ ।
आज जोशी हाइड्रोपावर ४ दशमलव ९६, सिुपर माइ हाइड्रोपावर ३ दशमलव १९, मेगा म्युचुअल फण्ड ३ शदमलव ०८, भूगोल इनर्जी डेभलपमेन्ट २ दशमलव ७४ र समता घरेलु लघुवित्तको शेयर मूल्य २ दशमलव ४४ प्रतिशतले ह्रास आएको छ ।