तोलामा ९ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१० मंसिर २०८२
तोलामा ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १० मंसिर । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलामा ५ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस