रिसव गौतम,
२०८२ मंसीर ९ गते अर्थात हिजो मंगलबारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो सामाचार थियो ‘गाउँसगै विद्यालय पनि रित्तिदै’ । हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो सरोकार राख्ला र ! कसले पो सुन्ला देशको दुर्दान्त कथाहरू । त्यसमाथि हालैको जेनजी विद्रोह, ट्रर्याक बाहिरको राजनीति, दलहरूबीचको टकराब, बैमनस्यता, दिनहुँको आन्दोलन, अराजकता र अशान्तीको मौसममा ती समाचारहरू कसलाई के सरोकार ?
उद्योग धन्दा बन्द हुने र राजनीतिक दलहरू खुल्ने अनि नयाँ–नयाँ रङगी–बिरङगी नेताहरू जन्मने मौसममा ती समाचारको के अर्थ ? तर सो समाचारको अन्तर्यकथाले सोचमग्न आम नेपालीलाई पिरोल्छ । समाचारमा भनिएको छ ‘गाउँ छोडेर अधिकाशं मानिसहरू बालबच्चा बोकर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभुत विधालय बन्द हुदैछन् ।’
गत बर्षको तुलनामै बैतडी जिल्लाका सामुदायिक विद्यालयमा झण्डै ८ हजार विधार्थी घटेका छन् । खासगरी बेरोजगारीकै परिणाम स्वरुप त्यसरी मानिसहरू गाउँबाट घरै ताल्चा लगाएर बाहिरीएका छन् । पहाडी जिल्लाहरुमा त त्यसरी बाहिरीनेहरूले घरै नर्फकने गरि छोडेर हिँडेका छन् । एउटा जिल्लाकै अवस्था यस्तो छ भने पुरै देशको अवस्था र कथाको अन्तर्य कस्तो होला ? कसले गर्ने त्यसको वास्तविक अध्ययन ? त्यसरी गाउँ नै छोडेर, देशै छोडेर मानिसहरू पलाएन भइरहँदा किन दुखिरहेको छैन देशको टाउको ? अहिले गाउँ छाड्ने, घरै छाड्ने र देशै छाड्ने समस्याको चुरो कारण बेरोजगारी हो । सरकारले हरेक बर्षको बजेटमा देश नै खाली हुने डरलाग्दो बेरोजगारी समस्यालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने होइन् ।
बजेटको मुल प्राथमिकता त्यसैमा हुनुपर्ने, नीतिको प्राथमिकता त्यसैमा हुनुपर्ने र दलहरूको प्राथमकिता त्यसैमा हुनुपर्ने हो नी । जनतालाई देशमा बस्ने वातावरण बनाउन नसक्नेहरूले देशलाई सिंगापुर वा स्वीजरल्याण्ड बनाउछौं भनेर किन खोक्नु ?
शहर अराजकताको केन्द्र
शहरप्रति मानिसहरूको मोह घट्दो छ । तर मानिसहरू थुप्रनुपर्ने बाध्यताको केन्द्र बनिरहेको छ शहर । किनकी अवसर र रोजगारी केन्द्रिकृत भएकाले पनि शहर बाध्यताको केन्द्र छ । खासगरी संघीय प्रणाली लागु गरिए पनि त्यसको वास्तबिक रुपमा लागु नगरिँदा, संघीयताका सिद्धान्तहरूअलपत्र पर्दा देशले उही राजतन्त्रकालिन पुरानो अवस्था झेलिरहेको छ ।
खासगरी शहर अराजकताको केन्द्र पनि बनिरहेको छ । यहाँ मानवता हराएका छन् । यहाँ शक्ति र पैसा हुनेहरूले जे गर्दा पनि हुने अवस्था छ । कानुनको परिपालना निकम्मा भएकै कारण शहर अशान्त र अस्तब्यस्त छ । अन्यन्त्र शहरहरू शान्तिको केन्द्र बनिरहँदा, सुबिधा र अवसरहरुको केन्द्र बनिरहँदा नेपालका शहरहरू अराजकताले जकडिएका छन् । ४० लाख भन्दा बढी मानिस बासोबास गर्ने काठमाण्डौ उपत्यका (काठमाण्डांै, ललितिपुर र भक्तपुर) झन् बढी अशान्त बनिरहेको छ । घरी माओवादी जनयुद्धको प्रभाव, घरी भुकम्पको मार, घरी कोरोना तथा डेङगुको प्रकोप, घरी बाढी तथा ढुबान । हुँदा–हुँदा अहिले त नयाँ पुस्ताको गम्भीर चुनौती र विद्रोहले शहर आक्रान्त छ ।
दिनहुँ दशथरी समुहहरूका आन्दोलन हुन्छन् । आन्दोलन गर्छौ भनेर धम्की दिनेहरू त कति कति ! जलेका घर सम्पत्तिहरू, सरकारी कार्यालयहरूका खरानी टकटकाइएका छैनन् । फेरी आन्दोलन गर्ने धम्कीहरू एक होइन् अनेक कोणहरुबाट आइरहेका छन् । राजावादीहरू आन्दोलनमा थिए, आन्दोलन फेरी गर्छौ भनिरहेका छन् । जेनजीहरू पढाइ लेखाई हापेरै आन्दोलनमा छन् । भनिरहेका छन् पुराना राजनीतिक दलहरूले अति गरे, भष्टाचार गरे, देश नाकाम बनाए, विकास गरेनन् । उनीहरु फेरी पनि आफना माग र मुद्धा सम्बोधन नभए आन्दोलननै गर्छौ भनिरहेका छन् । कतिपय ठुला भनिएका राजनीतिक दलहरू समेत निर्वाचन आयोगमा लाजगाजले दल त दर्ता गराएका छन् । च्याखे थापेका छन् तर भदौ २३ अघिको अवस्था फर्काउन उनीहरू हरहमेशा लागिरहेका छन् । एमालेले त जेनजी आन्द्रोलन र विद्रोहको परिणाम स्वीकारै गरेको छैन, संसद प्ुर्नरस्थापनाका लागि आन्दोलनरत छ । सर्वोच्च अदालतमा संसद प्ुर्नरस्थापनाका लागि मुद्धा दायर गरिसकेको छ । फागुन २१ म निर्वाचन हुन्छ वा कथाले अर्कै रुप लिन्छ वा के हुने हो भन्न सकिने अवस्था छैन । यद्यपी अन्तरीम सरकार चुनाब गर्छौ, फागुन २१मै चुनाब हुन्छ भनिरहेको छ । तयारी पनि राम्रैसँग गरिरहेको देखिन्छ । द्धान्द्धात्मक अवस्थालाई भड्काउने भन्दा निर्वाचनका लागि सालिन रुपमा, भब्य रुपमा सरकार लागिरहेको देखिन्छ ।
देशमा एक हिसावको रमिता चलिरहेको देखिन्छ । भविष्यमा के हुन्छ थाहा छैन् । तर, यत्ति हो, देश झन्–झन् अराजकता र अशान्तीतर्फ उन्मुख छ । खासगरी त्यो अराजकता र अशान्ती प्रम्ुख शहरहरूमा बढी केन्द्रित छ । आनन्दले आफनै पेशा, ब्यवसाय गरेर शान्तीको जिवन गुर्जान चाहनेहरू अनेक कोणबाट भिक्टिम छन् । भविष्यको दृष्टिगोचर गर्ने हो भने देशमा बस्ने माहोल नै छैन । यो अराजकता सहेर, यो अशान्तीको भड्खालोमा रुमलिएर कसलाई बस्न मन होला र ? धेरैले देशप्रति भरोषा गुमाएका छन् । यो संकटपुर्ण घडीमा पुराना दलहरु नेपाली काँङग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नयाँ उदाएको रास्वपा, राप्रपा, मधेशवादी दलहरू सबैले विवेक गुमाएनन् र चुनाबमा भाग लिए । चुनाब हुने वातावरण आफ्ना तर्फबाट बनाए भने चुनाब हुन्छ । र, मुलुक नयाँ मोडमा अघि बढ्ला पनि । किनकी जेनजी आन्दोलनको हालैको रापतापले यसपटक धेरै युवा पुस्ताहरु चुनिएर आउने सम्भावना छ । यदी दलहरु संयमित भएनन् र निर्वाचन आफनै बोली र ब्यवहारका कारण विथोले भने देश बर्बाद हुनेछ । जनप्रतिनिधि विहिन हुनेछ । अस्थिरता र विदेशीहरूको खेल मैदान हुनेछ । त्यसकारण हरेक विवेकशील नागरिकले स्थीति फड्काउने होइन् शान्ति र स्थीरता सहित निर्वाचनको माहोल बनाउनु पर्छ । अन्यथा आम नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ ।
अहिले त काठमाण्डौ उपत्यकाकै कुरा गर्ने होे भने तरकारी, खाद्यन्य लगायतका उपभोग्य वस्तुहरुमा महंगी अचाक्ली छ तर कसले त्यसको नियन्त्रण गर्ने ? बिहान र साँझ रिङ्गरोडमा गुड्ने बसहरुमा मान्छेहरू चढ्न सक्ने अवस्थामा छैनन् जो जहाँ पनि लुटिने, कुटिने अवस्था छ । सहचालक तथा गाडीवालाहरुको पेसेन्जर प्रतिको ब्यवहार उस्तै हेपाहा, कर्कशलाग्दोे छन् । उपत्यका भित्रने र बाहिरिने गाडीहरूले चाडबाडका नाममा जतिपनि भाडा असुलेका छन् । कसले नियन्त्र गर्ने ? शहरमा अपराधीहरू बढीरहेका छन् । गँजडी, लागु दुब्यसनी गर्नेहरू बढीरहेका छन् । रक्सी खाएर मातेका मान्छेहरू यत्रतत्र भेटिन्छन् र उनीहरुले मान्छेहरुलाई तर्साइरहेका छन् । सताइरहेका छन् । कसले नियन्त्रण गर्ने ?
हालैको जेनजी आन्दोलनको क्रममा ३ जना नेपाल प्रहरीले साहदत प्राप्त गरे । एक हजार भन्दा बढी घाइते भए र देशभरीका प्रहरी कार्यालयहरू जले । जसकारण उनीहरुको मनोवल कमजोर भएको देखिन्छ । त्यसमाथी ६ हजार भन्दा बढी हतियार र एक लाख गोलीगठ्ठा हराएका छन् त्यसक्रममा । ५ हजार भन्दा बढी जेलमा रहेका अपराधीहरू भगेका छन् । अनि भन्नुस् त समाज कति त्राहिमाम छ अहिले । त्यत्रा अपराधी, हातहतियार प्रहरीको नियन्त्रण बाहिर छ । जसले समाजलाई तर्साइरहेको छ । ती हतियार लिएर भागेकाहरूले समाजमा भित्रभित्र कति पिडा दिइरहेका होलान् कतिलाई सताइरहेको होलान् । त्यसको अनुमान गर्न सकिदैन । अनि यो शहर कसरी शान्त हुनसक्छ ? कसरी बस्न लायक छ? प्रहरीका दर्जनांै हतियारधारी सिपाइहरू लिएर बसेका नेता, पुर्बप्रमहरु समेतले असुरक्षा भयो । सुरक्षा पाउँ भनिरहेका छन् भने आम नागरिक जोसँग केही छैन्, अभाव र गुनासाहरू बाहेक उनीहरू कसरी शान्त भएर बसुन् । त्यसकारण सरकारले काठमाण्डौ उपत्यका लगायतमा यस्ता अराजकताहरू मथ्थर गरोस् । त्यसको लागि प्रयत्न गरोस् ।
काठमाण्डौ उपत्यका मात्रै होइन् देशका प्रमुख शहररूहको हाल करिव उस्तै हुँदै छन् । शहर अवसरको कन्द्र बन्नुपर्नेमा अराजकता र अब्यवस्थाको केन्द्र बनिरहेको छ । अघिल्लो महिना वीरगञ्ज महानगरमा झाडापखाला र हैजा फैलियो । धेरै मान्छे त्यसले बिरामी भए । केहीले त ज्यानै गुमाए । त्यो काबु बाहिर गएपछि झाडापखाला विरुद्ध भ्याक्सिनै लगाउन पने स्थीति बन्यो । हामीले कस्तो शहर बनाऔं, जसकारण हरेक चुनौतीहरू शहरले सामाना गरिरहेको छ । शहरहरू अति नै प्रदुषित हुदै गएका छन् । कतिपटक त काठमाण्डौ उपत्यका विश्वकै प्रदुषित शहर भनेर घोषित भयो । विशाक्क्त खानाका केन्द वनिरहेका छन् शहरहरू । स्वदेशी उत्पादन नहुँदा भारत लगायतमा अधिक विशादी प्रयोग गरी फलाइएका तरकारी तथा फलफुल सेवन गर्ने बाध्यता नेपालीहरूलाई छ । त्यसले रोगब्याधी बढाइरहेको छ । विदेशी रेमिटयान्स्ले चलेको देशको अर्थतन्त्र अधिक आयातले टाट पल्टाइरहेको छ । यो रियालीटीको महसुस कहिले हुन्छ? अनि सुधार कहिले ?
गाउँ बस्न लायक तर रित्तिदैँ
हिजोआजका दिनहरूमा नेपालको सुदुर गाउँहरु बस्न लायक भइरहेका छन् । गाउँहरुमा बाटोघाटो पुगेको छ । सञ्चार र शिक्षालयहरू प्ुागेका छन् । तर मान्छेहरु भने गाउँबाट नै भागिरहेका छन् । गाउँले मान्छे खोजेको छ, मान्छेहरू गाउँबाट शहर र शहरबाट देशै छाडेर भागिरहेका छन् । यो सबै कुशासनले गर्दा हो । कोही पनि मन्त्री, प्रधानमन्त्री भएपछि ‘ग्राउण्ड रियालिटी’ भन्दा पर रहे । अघिल्लो बर्ष नेकपा एमाले सरकार विमुख हुँदा उसले मध्यपहाडी लोकमार्ग भएर पुर्बपश्चिम जागरण अभियान चलायो । माओवादीले पनि त्यसै गर्यो । त्यसक्रममा पहाडमा कम्तिमा ५ लाख घरहरू रित्ता रहेका, छाडेर मान्छेहरु तराइ वा शहर छिरेका वा देशै छाडेका भनेर अनुमान गरिए । हालै लमजुगंको केही गाउँहरू डुल्दा पक्तिंकारले पनि धेरै घरहरु ताल्चा लगाइएका, मान्छेहरू हराएका देखेको हो । अहिले नेपालको सतप्रतिशत गाउँ–ठाउँमा बिजुली, सञ्चार पुगिसकेको छ । सडकहरू जहाँतहिँ पक्की रुपमै पुगिसकेका छन् ।
सिमित ठाउँहरूलाई थाती राखेर गाउँमा खानेपानीको पनि अभाव छैन । तरकारी, फलफुल र अन्नपात त गाउँमै फल्ने भइहाल्यो । स्वच्छ हावापानी सहित बस्न लायक हुदै गएको गाउँलाई मान्छेहरू लात मारिरहेका छन् । विकृति र विसंगतीको शहरी छानामुनी मान्छेहरू ओत लागिरहेका छन् । यसको एउटै कारण बेरोजगारी हुनसक्छ् । वास्तम्वमा गाउँमा रोजगारी कम छ । गाउँलेहरूले अलिअलि उत्पादन गरेका अन्नपातहरू पनि बेच्ने बजार छैन । त्यसलाई सरकारले कहिल्यै सम्बोधन गरेन । गाउँमा मान्छेहरू अडिन त्यहाँ रोजगारी र आम्दानी हुनेगरी वातावरण बन्न सक्नुपर्छ । अनिमात्र गाउँ रित्तिने छैन र छोडेर गएकाहरू फर्कनेछन् ।