यी हुन् व्यापार बचतमा रहेका १४ वस्तु, कुनको कति भयो निर्यात ?

अनलाइनसमय |
११ मंसिर २०८२
यी हुन् व्यापार बचतमा रहेका १४ वस्तु, कुनको कति भयो निर्यात ?

काठमाडौं, ११ मंसिर । पछिल्लो समय बढिरहेको आयातसँगै व्यापार घाटा चुलिंदै गएको छ । भन्सार विभागकाअनुसार नेपालले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को चार महिनामामा ७ खर्ब २ अर्ब ९४ करोड करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ५ खर्ब ९५ अर्ब १५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १८ दशमलव ७१ प्रतिशत र व्यापार घाटा १२ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा निर्यात ७७ प्रतिशतले बढ्दा समेत आयातमा नियन्त्रण गर्न नसक्दा व्यापार घाटा बढ्दो छ ।

हाल नेपालले ९७ समूहका वस्तुको व्यापार गरेकोमा १४ वटा वस्तुको वैदेशिक व्यापारमा मात्रै नेपाल बचतमा छ । बाँकी सबै समूहका वस्तुमा नेपालले घाटा बेहोरिरहेको छ ।

नेपाल कार्पेट तथा गलैँचाको व्यापारमा सबैभन्दा धेरै बचतमा छ । कार्पेट तथा गलैँचाको व्यापारमा मात्रै नेपाल ३ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार बचतमा छ । चालू आवको कात्तिकसम्ममा नेपालले ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा २५ करोड २१ लाख बराबरको मात्र आयात गरेको छ ।

कार्पेटपछि नेपाल सबैभन्दा धेर कफी र चियाको व्यापारमा २ अर्ब ५५ करोड २५ लाख रुपैयाँको बचतमा छ । व्यापार बचतमा रहेका वस्तुमध्ये कफीको व्यापार सबैभन्दा धेरै छ ।

यस्तै तरकारी तथा फलफूलजन्य समूहका वस्तुको व्यापारमा पनि नेपाल बचतमा छ । कात्तिकसम्ममा तरकारी, फलफूल, बदाम तथा बोटबिरुवाका अन्य भागबाट बनेका परिकारहरूको व्यापरमा नेपाल १ अर्ब ७५ करोड ११ लाख रुपैयाँले बचतमा छ । सो अवधिमा नेपालले यो समूहको वस्तु २ अर्ब ६० करोड रुपैयाँ बरोबरको निर्यात गर्दा आयात ८५ करोड ७७ लाखको मात्रै आयात गरेको छ ।

त्यस्तै फेल्टको व्यापारमा १ अर्ब ६६ करोड, वनस्तिजन्य सामग्रीको १ अर्ब ३४ करोड र काठ तथा काठबाट बनेका समानको व्यापारमा १ अर्ब ६ लाख रुपैयाँले नेपाल बचतमा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस