तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१५ मंसिर २०८२
तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १५ मंसिर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन आइतबारको तुलनामा सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस