व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड पुर्‍याइने, लघुवित्तको धितो कर्जा पनि १५ लाखसम्म

अनलाइनसमय |
१५ मंसिर २०८२
व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड पुर्‍याइने, लघुवित्तको धितो कर्जा पनि १५ लाखसम्म

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा बढाएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड रुपैयाँ बनाउने उल्लेख छ । हाल व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेको छ ।

यस्तै लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि बढाइएको छ । हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पु¥याउने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै लघुवित्तबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गर्ने घोषणा मौद्रिक नीति समीक्षाले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस