काठमाडौं, १५ मंसिर । बैंक तथा वित्तीय संस्थाले संथागत मुद्दती निक्षेपमा पनि व्यक्तिगत मुद्दती निक्षेप सरह ब्याजदर दिन पाउने भएका छन् ।
केन्द्रीय बैंकले सोमबार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत कम ब्याज दिने नीति खारेज गरेको हो ।
सार्वजनिक मौद्रिक नीति समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ ।’ यो व्यवस्था सम्बन्धित विभागले आवश्यक सकुर्लर जारी गरेपछि कार्यान्यवनमा आउँनेछ ।
हाल बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताको भन्दा मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था थियो ।