बैंकलाई शाखा मर्जरको बाटो खुल्यो, महानगरभित्रका शाखा समायोजन गर्न सक्ने

अनलाइनसमय |
१५ मंसिर २०८२
बैंकलाई शाखा मर्जरको बाटो खुल्यो, महानगरभित्रका शाखा समायोजन गर्न सक्ने

काठमाडौं, १५ मंसिर । बैंक तथा वित्तीय संस्थाले देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार चालू (आव) आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विस्तारित शाखा मर्जर गरेर घटाउँने बाटो खोलिदिएको हो ।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन÷एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि Anti Bribery and Corruption Policy सम्बन्धी व्यवस्था गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस