नेप्सेमा ४.२८ अङ्कको ह्रास, ४.७१ अर्बमा खुम्चियो कारोबार

अनलाइनसमय |
१५ मंसिर २०८२
नेप्सेमा ४.२८ अङ्कको ह्रास, ४.७१ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, १५ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव २८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४५ दशमलव २४ को बिन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन आइतबार परिसूचक २८ दशमलव ८९ अङ्कले घटेर २६४७ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ कारोबार भएकोमा आज ४ अर्ब ७१ करोड खुम्चिएको छ । यस दिन १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १२६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १२४ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ५ उपसमूहको उपसूचक बढेको छ भने ८ समूहको उपसूचक घटेको छ । आज बैंकिङ समूहको उपसूचक ०.६८, होटल तथा पर्यटनको ०.०४, लगानी समूहको ०.७३, जीवन बीमकोा ०.५१, व्यापार ०.१० र अन्य समूहको उपसूचक ०.१८ प्रतिशतले घटेको छ ।

त्यसैगरी फाइनान्स समूहको उपसूचक ०.९१, माइक्रोफाइनान्स समूहको ०.६१, उत्पादनमुलक समूहको ०.३०, हाइड्रोपावरको ०.२२ र विकास बैंक समूहको उपसूचक ०.२६ प्रतिशतले बढेको छ ।

सोमबार चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढ्ने कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक कम्पनी रहेको छन् । त्यस्तै ग्रिन भेन्चर्सको ९.३१, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङको ५.४४ र युनाइटेड मोदी हाइड्रोपावरको ४.४० प्रतिशत मशेयर मूल्य बढेको छ ।

आज बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशतले घटेको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको २.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस