काठमाडौं, १६ मंसिर । डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो 