काठमाडौं, १७ मंसिर । बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनलाई बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पु¥याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं कर्जा प्रवाह गरी कर्जाको दुरुपयोगआरोप छ । सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतमा छन् ।
शेरचनबारेको अनुसन्धानका क्रममा शाक्यलाई पक्राउ गरिएको सीआईबीले बताएको छ । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो ।