नेप्सेमा १३.३२ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
१७ मंसिर २०८२
नेप्सेमा १३.३२ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

काठमाडौं, १७ मंसिर । आइतबादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । आज परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर २ हजार ६ सय ३१ दशमलव १७ को बिन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन मंगलबार नेप्से परिसूचक शून्य दशमलव ५३ अङ्कले घटर २६४४ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको कारोबार भएको छ ।

बुधबार ३३२ धितोपत्र कारोबारमा आए, जसमध्ये १७७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७४ धितोपत्रको मूल्य बढेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ४ समूहको उपसूचक बढेको छ भने ९ वटाको घटेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा टुरिजमको ०.५२, उत्पादनमुलक समूहको ०.२४ प्रतिशतले बढको छ ।

जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै १.१८ प्रतिशत प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको ०.७५, निर्जीवन बीमाको ०.७४, विकास बैंकको ०.५७, लगानी समूहको ०.५१, हाइड्रोपावरको ०.५०, माइक्रोफाइनान्सको ०.४८, व्यापारको ०.३२ र अन्य समूहको उपसूचक ०.५१ प्रतिशतले घटेको छ ।

बुधबार पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक रहेका छन् । त्यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्सको ७.०२, बुङ्गल हाइड्रोपावरको ६.४४, हिमस्टार ऊर्जाको ६.२५, बन्दीपुर केबुलकारको ५.७७ तथा माबिलुङ इनर्जीको ५.०२ प्रतिशतले शेयर मूल्य बढेको छ । आज सामलिङ पावरको शेयर मूल्य सबैभन्दा धेरै २.८५ प्रतिशत घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस