घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१८ मंसिर २०८२
घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन बुधबार प्रतितोला हालसम्मकै उच्च मूल्य ३ हजार ६५५ मा कारोबार भएको चाँदी आज ३ हजार ६२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस