कान्ति राजमार्ग मंसिर २० गतेदेखि २ महिनासम्म बन्द हुने

अनलाइनसमय |
१८ मंसिर २०८२
कान्ति राजमार्ग मंसिर २० गतेदेखि २ महिनासम्म बन्द हुने

काठमाडौं, १८ मंसिर । कान्ति राजमार्ग दुई महिनासम्म बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जानकारी दिएको हो ।

सार्वजनिक सूचनाअनुसार यो राजमार्ग यही मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । सो अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस