काठमाडौं, २३ मंसिर । टाटा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलाडी अक्सन सूची सार्वजनिक गरिएको छ । यसमा कुल ३५० खेलाडी रहेका छन् ।
यी खेलाडीहरूका लागि बोली यही डिसेम्बर १६ मा यूएईको अबुधाबीमा लगाइने छ । अक्सन भारतीय समयअनुसार डिसेम्बर १६ दिउँसो २ः३० बजे सुरु हुनेछ ।
आईपीएलको आधिकारिक वेबसाइटका अनुसार अक्सनका लागि १ हजार ३९० खेलाडीले नाम दर्ता गरेका थिए, जसमा २४० भारतीय र ११० विदेशी खेलाडीहरूको अन्तिम छनोट गरिएको छ । सूचीमा २२४ अनक्याप्ड भारतीय र १४ अनक्याप्ड विदेशी खेलाडीहरू समावेश छन्, जसले लिलामीमा नयाँ प्रतिभा थप्ने अपेक्षा गरिएको छ ।
फ्रेन्चाइजहरूले कुल ७७ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्, जसमा ३१ स्थान विदेशी खेलाडीहरूको लागि आरक्षित छन् । उच्चतम रिजर्भ मूल्य भारु २ करोड कायम गरिएको छ, जसमा ४० खेलाडीहरूले यो मूल्य बिन्दुमा अक्सनमा सहभागी हुने निर्णय गरेका छन् ।