काठमाडौं, ४ असोज । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका) र कोइका पूर्वछात्र नेपाल संघ (कान)ले कोइका कान २०२४ सम्पन्न गरेको छ । नेपाल कानूनको सहकार्यमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य अनुभव र ज्ञान आदान प्रदान गर्नु थियो ।
कार्यक्रममा हालसालै स्नातकोत्त गरेका दुईजना, क्युङफुक राष्ट्रिय विश्वविद्यालयका दयामुनि वज्राचार्य र सियोल राष्ट्रिय विश्वविद्यालयका जनार्दन गौतमले व्यवसाय अध्ययन, मानविकी सामाजिक विज्ञान, कानून जस्ता विषयहरुमा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरिरहेका ३०० भन्दा बढी विद्यार्थीलाई आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गौतमले प्रस्तुत गरेको ‘नेपालमा ई–गभर्नेन्सको अभ्यासमा प्रयोगकर्ता सन्तुष्टिको विश्लेषण ः प्रयोगकर्ता सन्तुष्टिमा ‘नागरिक एप’को ई–सेवा गुणस्तरको प्रभाव अध्ययन’ शीर्षकको थेसिसको प्रस्तुतीकरणको मुख्य आकर्षण थियो । उनको अनुसन्धानले नेपाल सरकारले लन्च गरेको नागरिक एपसँग प्रयोगकर्ताको सन्तुष्टि हासिल गरेको देखाएको छ ।