चालू खाता ३० अर्ब ८९ करोड तथा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडको बचतमा

अनलाइनसमय |
१० असोज २०८१
चालू खाता ३० अर्ब ८९ करोड तथा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडको बचतमा

काठमाडौं, १० असोज । पछिल्लो एक वर्ष अवधिमा चालू खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा चालू खाता ३० अर्ब ८९ करोडको बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ ।

चालू आवको साउनमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ६५ करोड रहेको थियो ।

यस्तै चालू आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस