अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्रीको भेट

अनलाइनसमय |
११ असोज २०८१
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्रीको भेट

काठाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेका छन् ।

बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग भेटवार्ताहरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभालार्ई सम्बोधन पनि गरेका छन् । सम्बोधनमा उनले दिगो विकासमा एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन् । साथै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस