प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

अनलाइनसमय |
११ असोज २०८१
प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महासभाका अध्यक्ष फिलेमोन याङलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस