सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

अनलाइनसमय |
११ असोज २०८१
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतको न्यायाधीशका लागि दुईजनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन् ।

निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस