काठमाडौं, २२ असोज । राष्ट्रिय महिला आयोगले पनि आर्थिक वर्ष २०८०÷ ०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेकी हुन् ।
यस अघि आजै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष आयोगको प्रतिवेदन पेश गरेका थिए ।