एक बोतल पानीको सय रुपियाँ लिने रेष्टुरेन्टलाई दुई लाख जरिवाना

अनलाइनसमय |
२३ असोज २०८१
एक बोतल पानीको सय रुपियाँ लिने रेष्टुरेन्टलाई दुई लाख जरिवाना

काठमाडौं, २३ असोज । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वर्ल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

पानी प्रशोधक कम्पनीले तोकेका अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

सोही स्थानका एक ग्राहकले २० पर्ने एक बोतल मिनरल वाटर एक सय तिरेको बिलसहित प्रशासनमा उजुरी गरेका थिए ।
उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना गर्दै कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशन दिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

कास्की प्रशासनले शनिबार पोखराको चिप्लेढुङ्गाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि दुई लाख जरिवाना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस