मोरङका प्रहरी प्रमुख एसपी हेडक्वार्टर तानिए

अनलाइनसमय |
२ कार्तिक २०८१
मोरङका प्रहरी प्रमुख एसपी हेडक्वार्टर तानिए

काठमाडौं, २ कार्तिक । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए ।

उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस