खोला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन धनगढी उपमहानगरको निर्देशन

अनलाइनसमय |
७ कार्तिक २०८१
खोला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन धनगढी उपमहानगरको निर्देशन

काठमाडौं, ७ कार्तिक । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै खोलानाला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन भनेको हो ।

‘धनगढी उप महानगरपालिका क्षेत्र भित्रका खोला नालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाब रोकिने गरी निर्माण गरिएका भौतिक संरचनाहरु हटाई पानीको प्राकृतिक बहाब लाई यथावत कायम राख्ने र खोला किनाराका सार्वजनिक जग्गाहरुमा पानी बहाब र आवश्यकता अनुसार हरियाली बिकासका साथै सडक तथा फुटपाथ निर्माण गर्ने कार्य संचालन गर्नको लागि खोला तथा नालाको अधिकार क्षेत्र र सेटव्याक रेखाङ्कन तथा सिमाङ्कन गर्ने कार्यक्रम रहेको छ’, ‘सूचनामा भनिएको छ, वडा नं. १,२,३,४,५,६,७,८ र १३ का प्राकृतिक खोला नालाहरुमा निर्माण गरिएका भौतिक संरचनाहरु मिति २०८१ कार्त्तितक मसान्त भित्र हटाई सहयोग गरि दिनु हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ ।‘

तोकिएको समयमा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस