राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने, गृहमन्त्री सहभागी हुने

अनलाइनसमय |
१२ कार्तिक २०८१
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने, गृहमन्त्री सहभागी हुने

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् ।

आजको बैठकमा जाने भनिएपनि अहिले रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।

प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ ।

समितिको बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस