पाँच महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

अनलाइनसमय |
९ मंसिर २०८१
पाँच महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै पदबाट राजीनामा दिएका हुन् ।

सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।
सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । पूर्वसचिव अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्ति सिफारिस गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस