वीआरआईबारे देउवाले भने : ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ

अनलाइनसमय |
१० मंसिर २०८१
वीआरआईबारे देउवाले भने : ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने बताए । ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ’, देउवाले भने ।

चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने बताए । उनले प्रश्न गरे, ‘ चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस