उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

अनलाइनसमय |
१६ मंसिर २०८१
उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाडौं, १६ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ ।
निर्वान आयोगकी प्रवक्ता निता पोखरेल अर्याललका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

यस्तै आयोगले जारी मतदान शान्तिपूर्ण रहेको जनाएको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ ।

उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस