सामान्य बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

अनलाइनसमय |
१९ मंसिर २०८१
सामान्य बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, १९ मंसिर । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला एक हजारले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजा ८४५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस