२७ सय तल झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
२३ मंसिर २०८१
२७ सय तल झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं, २३ मंसिर । यस साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ८९ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन १५.१३ अङ्कले घटेको नेप्से परिसूचक २,७३४ को विन्दुमा बन्द भएको थियो ।

नेप्समा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर ८१ हजार ४०४ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन शुक्रबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आइतबार ३२१ धितोपत्र कारोबारमा आए, जसमध्ये २१४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २७ धितोपत्रको मूल्य बढेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ३.०७ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमाको ३.०७, व्यापार समूहको २.१३, हाइड्रोपावरको १.९८, बैंकिङको १.८६, फाइनान्स १.८४, होटल एन्ड टुरिजमको १.८१, माइक्रोफाइनान्सको १.५०, लगानी समूहको १.३३, विकास बैंकको १.०४, निर्जीवन बीमाको ०.८३, म्युचुअल फन्डको ०.५९, उत्पादनमुलक समूहको ०.३२ र अन्य समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ ।

आइतबार खानीखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै दोल्ती पावर कम्पनीको ८.७७, १० प्रतिशत केबीएल डिबेन्चर २०९० को ८.१४, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५० र एनआरएन इन्फ्रास्ट्रक्चरएन्ड डिभलपमेन्टको ४.९८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्तको ढ.९७, दिव्यश्वरी हाइड्रोको ७.०९, सुपरमादी हाइड्रोपावरको ६.८८ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६.६८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस