कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

अनलाइनसमय |
१ पुष २०८१
कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं, १ पुस । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति कम भएकाले कोरम नपुगेर स्थगित भएको हो ।

बैठकमा १२ जना सांसद उपस्थित हुनु पर्नेमा आठ जना मात्रै उपस्थित भएका थिए । गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) कि सांसद गंगा कार्कीले विरोध जनाएकी थिइन् ।

बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्य तालिका थियो।

बैठक मंगलबार बिहान ११ बजे बस्ने अर्थ समितिको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस