काठमाडौं, २९ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले दुई जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले बिक्रीमा ल्याएको ८ हजार कित्ता विजली प्रसाद चौधरीको र ८ हजार २०० कित्ता शेयर मुन्नी राज भण्डारीको स्वामित्वमा रहेको छ । यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउँछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन बुझाउनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीले शेयर खरिद नगरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।