• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: समाचार

    कर्णाली प्रदेश विकास परिषद्को बैठक शुरु

    कर्णाली प्रदेश विकास परिषद्को बैठक शुरु

    सुर्खेत । कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान नौ बजेदेखि शुरु भएको बैठकमा उनले कर्णालीविज्ञ, स्थानीय सरकारका प्रमुख, परिषद्का सदस्यलाई दिगो विकासको सोचसहितको पञ्चवर्षीय आधारपत्रमा उल्लेखित सवालमाथि छलफल गर्न निर्देशन दिएका छन् । बैठकको शुरुआतसँगै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव […]

    आगोमा जलेर एक किशोरीको मृत्यु

    आगोमा जलेर एक किशोरीको मृत्यु

    सिरहा । सिरहामा आगोमा जलेर बिहीवार राति एक किशोरीको मृत्यु भएको छ । कर्जनहा नगरपालिका ४ बसतिपुर बजारकी १५ वर्षीय चुन्चुन भनिने सलोनी नायकको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राती आमा आशा नायक र छोरी सलोनी दुइतले घरमा सुतिरहेको बेला अचानक घरको बिजुली सर्ट भइ आगलागी हुन पुगेको थियो । आमा बाँच्न सफल […]

    नेपाल एयरलाइन्सका २५ जना पाइलटको सामूहिक राजीनामा दिने चेतावनी

    नेपाल एयरलाइन्सका २५ जना पाइलटको सामूहिक राजीनामा दिने चेतावनी

    काठमाडौं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन । ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ । सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् । […]

    राष्ट्रिय सभा निर्वाचनअन्तर्गत प्रदेश ५ मा १५ मत बदर

    राष्ट्रिय सभा निर्वाचनअन्तर्गत प्रदेश ५ मा १५ मत बदर

    दाङ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ अन्तर्गत दाङमा भएको मतदानमा १५ मत बदर भएको छ । निर्वाचनमा खसेको कुल ३०३ मतमध्ये १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । कुल ३०५ मतदातामध्ये ३०३ जनाले मात्रै मतदान गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता […]

    राष्ट्रिय सभामा नेकपाको दुईतिहाई, कहाँबाट क–कसले जिते हेर्नुहोस्ः

    राष्ट्रिय सभामा नेकपाको दुईतिहाई, कहाँबाट क–कसले जिते हेर्नुहोस्ः

    काठमाडौं । बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपा–राजपा र काँग्रेस–समाजवादीबीच तालमेल भएको थियो भने अन्य प्रदेशमा विशेषतः नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय […]

    राष्ट्रियसभा निर्वाचनमा काँग्रेस निल, नेकपाका १६ र राजपाका २ उम्मेदवार विजयी

    राष्ट्रियसभा निर्वाचनमा काँग्रेस निल, नेकपाका १६ र राजपाका २ उम्मेदवार विजयी

    काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजसम्म भएको मतदानको सम्पूर्ण मतपरिणाम आएको छ । बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पनि गुमाएको छ । आयोगका […]

    सडकमा रहेका कुकुरलाई बन्ध्याकरण गराउदै जुकाको औषधि खुवाइयो

    सडकमा रहेका कुकुरलाई बन्ध्याकरण गराउदै जुकाको औषधि खुवाइयो

    तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उनले बताए । विज्ञ केन्द्र […]

    राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमबाट नेकपाका तारामान स्वार र शारदा भट्ट विजयी

    राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमबाट नेकपाका तारामान स्वार र शारदा भट्ट विजयी

    डोटी । राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार तारमान स्वार र शारदा भट्ट बिजयी भएका छन । अन्य समुहबाट स्वारले तिन हजार ७ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् भने महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन् । नेकपाका उम्मेदवार तारामान स्वारका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले उनको भन्दा […]

    नगरपालिका संघको संयोजनमा ‘अमेरिका भिजिट’मा गएकी उपप्रमुख सम्पर्कविहीन

    नगरपालिका संघको संयोजनमा ‘अमेरिका भिजिट’मा गएकी उपप्रमुख सम्पर्कविहीन

    कालिकोट । कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि सम्पर्कविहीन भएकी छन् । गत असोजदेखि उपप्रमुख नेपाली नगरपालिकाको सम्पर्कमा छैनन् । उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समेत असर परेको छ । नगरपालिकाकी उपप्रमुख नेपाली असोज महिनामा नगरपालिका संघको संयोजनमा ‘अमेरिका भिजिट’मा गएको तर अहिलेसम्म पनि नफर्केको नगरपालिका प्रमुख रत्नबहादुर शाहीले बताए । […]

    छाउगोठ भत्काउने अभियान तीव्र, दैलेखमा भत्काइए २४१ छाउगोठ

    छाउगोठ भत्काउने अभियान तीव्र, दैलेखमा भत्काइए २४१ छाउगोठ

    दैलेख । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका […]