• राजनीति सबै

    पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला 

    पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

    चैत १०, चितवन (रासस) । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भन्नुभयो । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताउनुभयो । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो । काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताउनुभयो । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो ।..

  • अर्थ सबै

    एक वर्षमै थपिए ३७ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

    एक वर्षमै थपिए ३७ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

    काठमाडौं, २ बेसाख । पछिल्लो एक वर्ष अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता ३७ लाखभन्दा बढी थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ, जुन गत आवको साही अवधिको तुलनामा १८ दशमलव ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ करोड ६५ हजार जनसङ्ख्यामा मात्र मोबाइल बैंकिङ सेवा पुगेको थियो । यस्तै चालू आवको आठ महिनामा १८ लाख ७४ हजार ९८२ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ५ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १७ लाख ७९ हजारभन्दा धेरै प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो । राष्ट्र बैंकका अनुसार आठ महिनामा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड २६ लाख ५१ हजारभन्दा धेरै छन् । त्यस्तै क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकताको सङ्ख्या २ लाख ८३ हजार २४ रहेको छ । चालू आवको फागुनसम्ममा ५४ वटा बैंक सस्था छन् , जसमध्ये ६ हजार ४ सय ६४ वटा शाखाहरु छन् । सो अवधिमा बैंकमा नेपालीहरुको बैंक खाता ५ करोड ४४ लाखभन्दा धेरै रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।  

  • घटना तथा अपराध सबै

    रेखा थापाको उपचारका क्रममा मृत्यु, आफन्तहरुद्वारा नाराबाजी प्रदर्शन

    रेखा थापाको उपचारका क्रममा मृत्यु, आफन्तहरुद्वारा नाराबाजी प्रदर्शन

    चैत्र ८, कैलाली । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । शल्यक्रिया गरेकी उनको पेट सुन्निएपछि मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । पेट सुन्निने समस्या देखिएपछि डाक्टरले ग्यास्टिकको उपचार गरेका थिए । तर बिरामी कम नभएपछि उनलाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो तर, बाटोमै मृत्यु भयो । मृत्यु भएपछि शव आफन्तले बुझ्न मानेका छैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताउनुभयो । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको समाचार गोरखाली खबरले छापेको छ ।

  • स्वास्थ्य/जीवनशैली सबै

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    चैत्र १०, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको ह्याम्स अस्पताल परिसरमा आईतवार बिहान उक्त कार्यक्रम सम्पन्न् भएको हो । आन्द्रामा भएको अत्यधिक रक्तश्राव र त्यसबाट उत्पन्न हेमोग्लोबिनको कमि भएर सिटौलालाई गत शुक्रवार धुम्बाराही स्थित ह्याम्स अस्पतालको आई.सि.यु. मा भर्ना गरिएको थियो । ने.वी.संघका पुर्वमहामन्त्री कुन्दन काफ्लेका अनुसार सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको हुँदा आज दिउँसो सम्ममा आई.सि.यु. कक्षबाट वार्डमा सारिने बताए । माछा मासु नखाने भएका कारण रगतबाटै हेमोग्लोबिन बढाउनु पर्ने अवस्था भएकाले उपचारमा समय लागेको पनि उनले बताए । हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।