casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ने.वा.ए.को उपाध्यक्ष पदका उमेद्वार अधिवक्ता ईश्वरी प्रसाद भट्टराई सँगको संवाद

अनलाइनसमय |
३ चैत २०७५
ने.वा.ए.को उपाध्यक्ष पदका उमेद्वार अधिवक्ता ईश्वरी प्रसाद भट्टराई सँगको संवाद
नेपाल वार एशोसियसनको केन्द्रिय कार्य समिति निर्वाचनका लागि यहि चैत्र १६ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले प्रगतिशील पेशागत तथा समावेशी कानुन व्यवसायी समुहबाट उपाध्यक्ष (प्रदेश नं. ३) पदमा उम्मेदवारी दिनु भएका अधिवक्ता इश्वरी प्रसाद भट्टराई सॅग गर्नु भएको कुराकानीमा आधारित :
१. जाडो मौसम विस्तारै गर्मी तिर जाॅदै छ तर वारको चुनावी अभियान कसरी चलिरहेको छ ?
-> मौसमसंगै बारको चुनावी अभियान पनि तात्दै गएको छ। सबै समुहका उम्मेदवारहरु देश दौडाहा सकेर उपत्यका भित्र प्रवेश गरिसकेका छन् । लगभग ६०% मतदाता उपत्यकामा रहेकाले चुनावी अभियानले माहोल तताउन स्वभाविक हो । अहिले कुन समुहबाट को को उम्मेदवार व्यवसायिक बारको निम्ति प्रतिबद्ध छन् भन्ने कुरा मतदाताले छानबिन गर्दै छन् ।
२. देशभरिका प्रतिनिधिहरुलाई भेटेर भोट माग्नु भयो ? के छ मतदाताको प्रतिक्रिया ?
-> देशवासी र मतदाताको मुख्य चिन्ता र सरोकार भनेकै बार प्रभावकारी, सशक्त र व्यवसायिक हुनपर्यो भन्ने छ। वारको विगतको नेतृत्व देखिएन, सुनिएन, र बोलेन भन्ने गुनासो छ। हामीले अबको वार देखिने, सुनिने र बोल्ने प्रभावकारी भुमिका भएको वार बनाउछौ भन्ने प्रतिबद्धता जाहेर गरेर आएका छौँ र हामी निर्वाचनमा जितेपछि व्यवहारमा उतारेर देखाउँछौ पनि। हाम्रो उम्मेदवारी बाट देशभरीका मतदाता उत्साहित हुनु भएको छ।
३. नेपाल वार एशोसियसन भनेको त कानुन व्यवसायीहरुको राजनीति गर्ने ठाउँ भनेर बुझ्ने गरिन्छ नी, यसमा तपाईंको बिचार के छ ?
-> नेपाल वार एशोसिएशन कानुन व्यवसायीहरुको राजनीति गर्ने ठाउँ कदापि होइन । विगतको नेतृत्वको कार्यशैली र व्यवहारले त्यस्तो आशन्का उब्जिएको हुन सक्छ । हामी त्यस्तो हुन दिदैनौँ। जुन सुकै विचारधाराका कानुन व्यवसायी वारमा निर्वाचित भएपनि निर्वाचित भएपछी राजनैतिक विचारधारा बाट माथि उठेर स्वतन्त्र , सक्षम , निस्पक्ष र भ्रष्टाचार मुक्त न्यायपालिकाको निर्माण तथा कानुन व्यवसायिको पेशागत हकहित र सुरक्षालाई मोटो बनाएर काम गर्नु पर्छ। वार राजनीति गर्ने थलो हुँदै होइन , यसमा मेरो समुह सचेत छ।
४. संघात्मक शासन प्रणालीमा राज्य प्रवेश गरेको अवस्थामा ने.वा.ए.को भुमिका कस्तो हुनुपर्छ ?
-> संघिय शासन प्रणालीलाई सुदृढ बनाउन सविंधानले गरेको व्यवस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको प्रस्टता र आ-आफ्नो काम, कर्तव्य र जिम्मेवारीको वोध हुने सबै प्रकारका कानूनी संरचनाहरु निर्माण भइ सकेका छैनन् । यसको निम्ति राज्य पक्षले वारको सहयोग मागेमा वारले राज्यलाई योगदान पुर्याउन तत्पर छ । तर संघीय शासन प्रणाली कम्जोर हुने वा देशको आर्थिक, समाजिक र सांस्कृतिक विकास र समृद्धि पछाडी धकेलिने खतराहरु आइपरेमा हामीले सरकार वा राज्य पक्षलाई खबरदारी पनि गर्ने छौँ ।
५. ने.वा.ए. पार्टीको भातृ संगठन जस्तो देखियो जसको सरकार आयो त्यसै गरी थपडी मार्छन् भन्ने पनि सुनिन्छ नी यस विषयमा यहाँको
धारणा के हो ?
-> वार एसोसिएसन कुनै पनि पार्टीको भातृसंगठन जस्तो हुन हुँदैन । त्यस्तो देखिन पनि हुदैन । मैले माथिनै भनिसके वारमा निर्वाचित भएपछि आफ्नो दलीय सोंच र चिन्तन भन्दा माथी उठेर विधिको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम र भ्रष्टाचार मुक्त न्यायपालिका तथा सम्पुर्ण कानून व्यवसायीको हकहित र सुरक्षालाई मुख्य गन्तव्य ठानेर वारको नेतृत्वले काम गर्नु पर्छ । विगतमा वरिष्ठ अधिबक्ताहरु सर्वज्ञ रत्न तुलाधर, राधेश्याम अधिकारी , सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, विश्वकान्त मैनाली र हरिहर दाहाल समेत अध्यक्ष रहँदा वारले आफ्नो ख्याती कमाएको पनि छ। पछिल्लो कार्यकालमा कमी कमजोरी भएका छन् । हाम्रो नेतृत्वमा वारलाई पुरानो प्रतिष्ठा पुनर्स्थापित गर्दै अझ स्वतन्त्र, सक्षम र प्रभावकारी भुमिका निर्वाह गर्ने गरि वारको स्थान उँचो बनाउने दृढताका साथ हामी चुनावी अभियानमा होमिएको छौँ । यहि प्रतिबद्धताको कारणले नै हामीले चुनाव जित्ने निश्चित छ । चुनाव जितेपछि हामीले हाम्रो प्रतिबद्धता पूरा गरेर देखाउने छौ । म यो विस्वास दिलाउन चाहान्छु।
६. अन्त्यमा; तपाईंलाई भोट दिनु पर्ने कारण के हो ? किन मतदाताले यहाँलाई नै छान्ने ?
-> हामीले वार एसोसिएसनलाई दलिय मूल्य र मान्यता भन्दा माथी उठेर स्वतन्त्र, सक्षम, सबल र प्रभावकारी बनाउने प्रण गरेका छौ । हाम्रो समुहमा रहेका सबै उम्मेदवारहरु यस्को निम्ति प्रतिवद्ध छन् । मैले व्यक्तिगत रुपमा भन्नू पर्दा म यसभन्दा अघि पनि २०६१ देखि २०६३ सम्म नेपालको सबैभन्दा बढी मतदाता रहेको तत्कालीन पुनरावेदन अदालत वार एसोसिएसन पाटनको अध्यक्ष रहदाँ मैले निर्वाह गरेको भुमिका सबै मतदाताविच खुला किताब जस्तै छर्लङ्ग छ। तत्कालीन अवस्थामा वार भवन निर्माण गरि वारलाई भौतिक रुपले सुविधा सम्पन्न बनाउन र लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनलाई उपत्यका भित्रका कानून व्यवसायीको नेतृत्व गर्न म अग्रपंक्तिमा उभिएको छु। सो बाहेक वार भित्र र बाहिर बसेर वारलाई व्यवसायिक सङगठनको रुपमा स्थापित गर्न मैले खेलेको भुमिका विगत २५ वर्षदेखि मैले कानून व्यवसायीको आचरण पुर्ण रुपमा पालना गर्दै इमानदारी र निष्ठापुर्ण मेरो व्यवसायिक जीवनको मुल्यांकन गरेर मलाई मतदाताहरुले मत दिनु हुने छ भन्ने विश्वासमा छु। आगामी दिनमा वारलाइ वास्तवमै व्यवसायीक वारको रुपमा स्थापना गर्ने लक्ष्यका साथ म लगायतका साथीहरूको समूह चुनावी अभियानमा उत्रेको छ। यसको अतिरिक्त कानून व्यवसायको व्यवसायिक क्षेत्र, विस्तार, नवोदितहरुको पेशामा सहज प्रवेश र लयर्स एकाडेमी स्थापना गरि कानुन व्यवसायीहरुको व्यवसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने कार्ययोजनाका साथ चुनावी अभियानमा लागेको हुनाले पनि मतदाताहरुले म लगायतको समुहलाई रोज्नु हुनेछ भन्नेमा विश्वस्त छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun