• Uncategorized, अर्थ, ताजा समाचार, वाणिज्य, शेयर मार्केट

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

     20 Views
    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले  ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्।

    कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका थिए। जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री बी’ ले निस्कासन गरेको हो।

    कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख रुपैयाँ बराबरको १०० रुपैयाँअङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ।

    ‘छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ,’ श्रोतले बतायो । गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने छ।

    २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले २०७४ भदौ ६ मा विद्युत खरिदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो ।

    आयोजनाले हालसम्म साइट आवासकार्यालय भवनजग्गा अधिग्रहणटेस्ट अडिट टनेलपहुँच मार्गसम्मको अधिनवन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पुर्‍याउन उत्पादनगृहदेखि थ्री बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ।

    समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको जनाईएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment