• खेलकुद, ताजा समाचार

    महिला साफ च्याम्पियनसीप जितेमा जनही २ लाख घोषणा

     46 Views
    महिला साफ च्याम्पियनसीप जितेमा जनही २ लाख घोषणा

    चैत ८, बिराटनगर । प्रदेश १ सरकारले नेपालले महिला साफ च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख पुरस्कार दिने घोषणा गरेको छ ।  बिराटनगरमा शुक्रवार अपरान्ह उपाधी भिडन्तका लागि परम्परागत प्रतिस्पर्धी नेपाल र भारत भिड्दैछन् ।

    नेपाल र भारत विचको उपाधी भिडन्तमा यो पाँचौं उपाधी भिडन्त हो ।

    खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो । यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment