• घटना तथा अपराध

    रेखा थापाको उपचारका क्रममा मृत्यु, आफन्तहरुद्वारा नाराबाजी प्रदर्शन

     44 Views
    रेखा थापाको उपचारका क्रममा मृत्यु, आफन्तहरुद्वारा नाराबाजी प्रदर्शन

    चैत्र ८, कैलाली । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

    सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । शल्यक्रिया गरेकी उनको पेट सुन्निएपछि मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।

    पेट सुन्निने समस्या देखिएपछि डाक्टरले ग्यास्टिकको उपचार गरेका थिए । तर बिरामी कम नभएपछि उनलाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो तर, बाटोमै मृत्यु भयो । मृत्यु भएपछि शव आफन्तले बुझ्न मानेका छैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

    मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताउनुभयो । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको समाचार गोरखाली खबरले छापेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment