• ताजा समाचार, देश, समाचार

    विप्लवका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

     31 Views
    विप्लवका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

    चैत्र ९, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।  मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।

    ओलीसँगै  शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् । यस बारेमा थप कुरा बुझ्न प्रहरी अपराध महाशाखामा सम्पर्क गर्दा सुचना विस्तारै प्रवाह गर्ने रणनीति देखियो ।

    तेश्रो नम्बरका नेता भए पनि बिप्लवले धेरै विश्वास गर्ने नेतामा ओली मानिन्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरकाे नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए। सरकारको निर्देशन बमोजिम प्रहरी विप्लवका नेताको खोजीमा आक्रामक देखिएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment